१७ चैत्र २०८२, मंगलबार

भूकम्पले क्षति पुगेका विद्यालय निर्माण


Nepalpatra

२८ फागुन, तनहुँ । भूकम्पले बढी क्षति पु¥याएकामध्ये प्राथमिकताको आधारमा परेका १६५ विद्यालयको निर्माण सम्पन्न भएको छ । शिक्षा विभाग तथा सरकारी एवं गैरसरकारी सङ्घसंस्थाले १४५ तथा राष्ट्रिय प्राधिकरणले २० विद्यालय निर्माण गरेको हो ।

तनहुँमा प्रावि, निमावि र मावि गरी कूल ४८६ सामुदायिक विद्यालय छन् । भूकम्पबाट २९१ विद्यालयमा क्षति पुगेको थियो । भूकम्पबाट क्षति भई निर्माण हुन बाँकी १२६ विद्यालयमध्ये चालू आर्थिक वर्ष २०७५/७६ मा ५२ विद्यालय निर्माणाधीन अवस्थामा छन् । बाँकी ७४ विद्यालय निर्माणको क्रममा रहेका राष्ट्रिय पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइका एकाइ प्रमुख सूर्यप्रसाद क्षेत्री रानाभाटले बताउनुभयो ।

चालू आवमा निर्माणाधीन ५२ विद्यालयमध्ये चार कोठे २२ भवन छन् भने तीन कोठे पाँच र दुई कोठे २५ भवन निर्माणको क्रममा छन् । “पचास प्रतिशत काम सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “अनुगमनलाई तीव्रता दिएका छौँ ।”

कक्षा कोठा पर्याप्त छैनन्

जोखिममा रहेका विद्यालयको भवन निर्माण भइरहे पनि विद्यार्थीका लागि पर्याप्त मात्रामा कोठाको सुविधा पुग्न सकेको छैन । शिक्षा नियमावलीअनुरुप कक्षा १ देखि कक्षा ३ सम्म ५ कोठा, कक्षा १ देखि कक्षा ५ सम्म ८ कोठा, कक्षा १ देखि कक्षा ८ सम्म १२ कोठा, कक्षा १ देखि कक्षा १० सम्म १६ कोठा र कक्षा १ देखि १२ सम्मका लागि १८ कोठा आवश्यक पर्छ । अधिकांश विद्यालयमा उक्त नियम लागू हुन नसकेको राष्ट्रिय पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइका एकाइ प्रमुख रानाभाट बताउनुहुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !