२७ चैत्र २०८२, शुक्रबार

विद्युत् चुहावट गर्ने मिललाई रु दुई लाख जरिवाना


विद्युत् प्रसारण लाइन

३ मङ्सिर, लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करीब रु दुई लाख जरिवाना गरेको छ ।

प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरेको भन्दै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ भौरस्थित फुलेश्वर राइस मिलका सञ्चालक फुलेश्वर यादवसँग रु एक लाख ९६ हजार ७९७ जरिवाना गरेको हो ।

विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरिरहेको पाइएपछि राइस मिलका सबै सामान नियन्त्रणमा लिइएको प्रमुख यादवले जानकारी दिनुभयो । मिलको सामान नियन्त्रणमा लिएपछि मिल सञ्चालक यादवले अब उप्रान्त त्यस्तो नगर्ने भनी निवेदन दिएको र जरिवानासमेत तिरेकाले समान छाडिएको प्रमुख यादवले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !