२७ चैत्र २०८२, शुक्रबार

पत्रकारिताको क्षेत्रमा तुलाधरको योगदानको समीक्षा


Nepalpatra

२ भदौ, काठमाडौँ । अभिव्यक्ति स्वतन्त्रताका लागि मिसन पत्रकारिता र समावेशी पत्रकारिताका अगुवा पद्मरत्न तुलाधरले नेपाली पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानकाबारे आज समीक्षा गरिएको छ ।

नेपाल पत्रकार राष्ट्रिय दवुःले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले मुलुकमा राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि पत्रकारिताको माध्यमबाट अधिकारकर्मी तुलाधरले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा जोड दिनुभएको छ ।

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले पञ्चायतकालमा नेपाल भाषाबाट प्रकाशित हुने विभिन्न पत्रिकामा मातृभाषाबाट समाचार, स्तम्भलगायत उहाँले लेखन गरी जनतालाई प्रजातान्त्रिक आन्दोलनमा प्रेरित गरेको बताउनुभयो ।

नेकपाका नेता एवं वरिष्ठ पत्रकार रघुजी पन्तले पत्रकारिता तथा राजनीतिका माध्यमबाट तुलाधरले विसं २०३६ देखि दोस्रो जनआन्दोलनसम्म राष्ट्रिय भूमिका निर्वाह गरेको हुँदा उहाँलाई जनजातिका अगुवा भनेर सीमित गर्न नहुनेमा जोड दिनुभयो ।

अधिकारकर्मी मल्ल के सुन्दरले निरङ्कुश शासनका विरुद्ध जनमत तयार गर्नका लागि उहाँले लामो समयसम्म पत्रकारिताका क्षेत्रमा क्रियाशील भएको बताउँदै पत्रकारिताका माध्यमबाट भाषा आन्दोलन तथा सांस्कृतिक आन्दोलनमा तुलाधरले घर खेतसमेत बिक्री गर्नुपरेको स्मरण गराउनुभयो ।

नेपाल प्रेस काउन्सिलका काव अध्यक्ष किशोर श्रेष्ठले समाचारका लागि कम्पोज तयार गर्ने कार्यदेखि बौद्धिक लेख रचना लेखनका कार्यलाई तुलाधरले जिम्मेवारीपूर्वक पूरा गर्नुभएको बताउनुभयो ।

पद्मरत्न तुलाधर अभिनन्दन समारोह समितिका संयोजक लक्ष्मीदास मानन्धरले विगतमा राष्ट्रिय समाचार समितिबाट प्रकाशित हुने बुलेटीनलाई उहाँले नेपाल भाषामा अनुवाद गरेर प्रजातन्त्रको पक्षमा जनमत तयार गरेको बताउँदै पत्रकारिता क्षेत्रको विकासमा उहाँले उल्लेखनीय भूमिका खेलेको जानकारी गराउनुभयो ।

यही भदौ ३० गते ७७ वर्षीय तुलाधरलाई नागरिक अभिनन्दन गर्न लागिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !