काठमाडौँ । प्रधानमन्त्री बालेन शाहसहितका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् ।
पोखरेलले आफ्नो युट्युब च्यानलमार्फत प्रधानमन्त्रीसहितका नेताहरूमाथि अपशब्द बोल्दै सामग्री प्रसारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो । उनीविरुद्ध मुद्दा भने पाँचथरमा नै चलाइएको छ ।
पाँचथर प्रहरीका प्रमुख एवं डीएसपी अनिश कर्णले साइबर ब्युरोसितको समन्वयमा पोखरेललाई पक्राउ गरिएको जानकारी दिए । बिहीबार (चैत २६) साँझ उनलाई पक्राउ गरिएको डीएसपी कर्णले बताए । पोखरेलले आफ्नो युट्युब च्यानलमा अश्लील शब्दको प्रयोग गरेका छन् ।













