काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज शुक्रबार उनलाई परिवारको जिम्मा लगाएर छाडेको हो ।
बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका बले आज हाजिरी जमानीमा रिहा भएका हुन् । बलेविरुद्ध अमेरिका बसोबास गर्ने एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएकी थिइन् ।
कलाकार बलेलाई आवश्यक परेका बेला उपस्थित हुने गरी जिल्ला प्रशासनले परिवारको जिम्मा लगाएको हो । ‘बले’विरुद्ध अमेरिकामा रहेकी महिलाले न्यूयोर्क पुलिस डिपार्टमेन्टमा बलात्कारको जाहेरी दिएकी छन् ।













