२४ चैत्र २०८२, मंगलबार

आवश्यक परे यातायातमा जोरबिजोर प्रणाली लागु गर्ने सरकारको संकेत


जोरबिजोर प्रणाली

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन यातायातमा जोरबिजोर प्रणाली लागु गर्ने संकेत गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

बैठकपछि मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पनि पछिल्लो समय चुलिँदै गएको इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न विशेष नीतिगत निर्णय लिएको बताइन् ।

नेपाल सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने र ईभी (विद्युतीय सवारी) तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको स्पष्ट पारिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !