२२ चैत्र २०८२, आइतबार

बाबु शंकर अग्रवाल छुटे, छोरा सुलभ थुनामै रहने


बाबु शंकर अग्रवाल छुटे, छोरा सुलभ थुनामै रहने

काठमाडौँ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल थुनामुक्त भएका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो ।

शुक्रबार पक्राउ परेका अग्रवालको बयानको काम सोमबार सकिएपछि थुनामुक्त गरिएको सम्पत्ति शुद्धीकरण विभागका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए । शंकरका छोरा सुलभ अग्रवाललाई भने थुनामै राखिएको छ । सुलभ आइतबार विभागको सम्पर्कमा पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !