२२ चैत्र २०८२, आइतबार

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त


डा. नारायणदत्त कँडेल

काठमाडौँ । महान्यायाधिवक्तामा अधिवक्ता डा. नारायणदत्त कँडेल नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज अधिवक्ता कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार पनि मानिन्छ । यसअघि सुशीला कार्की प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकी सविता भण्डारी बरालले राजीनामा दिएपछि महान्यायाधिवक्ता पद रिक्त थियो ।

महान्यायाधिवक्ताले फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् । डा. कँडेलले बेलायतबाट कानुनमा विद्यावारिधि गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !