काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टीको नीति र मान्यताविपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।
आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा दलीय रूपमा बोल्ने क्रममा एमालेको तर्फबाट बादलले बोलेका थिए । उनी एमाले संसदीय दलको नेता पनि हुन् । बादलको उक्त अभिव्यक्तिका बारेमा शुक्रबार बस्ने केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने अपेक्षा पनि गरेका छन् ।













