१९ चैत्र २०८२, बिहिबार

प्रधानमन्त्री बालेन्द्र शाह र सांसद हर्क साम्पाङवीच पुनर्मिलन


प्रधानमन्त्री बालेन्द्र शाह र सांसद हर्क साम्पाङवीच पुनर्मिलन

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङवीच पुनर्मिलन भएको हो । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा प्रधानमन्त्री शाह र सांसद साम्पाङवीच भलाकुसारी भएको हो ।

प्रतिनिधिसभा बैठक सहभागी हुने क्रममा प्रधानमन्त्री शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष साङपाङबीच आत्मीयतासहित हात मिलाएका थिए । अंकमाल गरे अनि छोटो संवाद पनि गरे ।

शाह काठमाडौँ महानगरपालिकाको मेयर र साम्पाङ धरानको मेयर भएको समयमा एकदम नजिक रहेका दुई जनावीच जेनजी आन्दोलनपछि सम्वन्ध बिग्रिएर लगभग पानी बारबारको अवस्थामा पुगेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !