काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
शाह पेसमेकर परिवर्तन गर्न अस्पताल भर्ना भएका हुन् । हाल शाहलाई निगरानीका निम्ति अस्पतालको २००० नम्बर बेडमा राखिएको स्रोतले जनाएको छ । अब्जर्भेसनपछि भने ५०१ नम्बर बेड राखिने बताइएको छ ।












