१७ चैत्र २०८२, मंगलबार

काठमाडौंका तत्कालीन सीडीओ रिजाललाई हाजिरी जमानीमा छाडियो


छवि रिजाल

काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको छ । आज मंगलबार बिहान पक्राउ परेका रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो ।

उनलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो । काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार सरकारी वकिल कार्यालयसँगको परामर्शपछि उनलाई हाजिरी जमानीमा छाडिएको हो ।

अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो । जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ रिजालमाथि गत भदौ २३ र २४ गते भएको आन्दोलनमा दमन गरेको आरोप छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !