१७ चैत्र २०८२, मंगलबार

ओली पक्राउको विरोधमा एमालेद्वारा देशव्यापी प्रदर्शनको घोषणा


एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनको घोषणा गरेको छ । आज मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले देशव्यापी प्रदर्शनको घोषणा गरेको हो ।

एमालेले आगामी चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । एमालेले चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।

त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय गरेको छ । एमालेले वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । साथै एमालेले वैशाख १२ गते राजधानी काठमाडौंमा बृहत विरोध प्रदर्शन एवं सभा आयोजना गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !