१७ चैत्र २०८२, मंगलबार

प्रधानमन्त्री बालेनले सुदूरपश्चिमका सांसदसँग गरे छलफल


प्रधानमन्त्री बालेनले सुदूरपश्चिमका सांसदसँग गरे छलफल

काठमाण्डौँ । प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल भएको हो ।

क्षेत्रगत समस्या बुझ्न उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लगायत दलका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसँग छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री कार्यलयका अनुसार बालेनले सुदूरपश्चिमका समस्या र स्थानीय माग बुझ्न त्यहाँका सांसदसग भेटघाट गरेका हुन् । हिजो कर्णाली र कोशीका सांसदसग बालेनले भेटघाट गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !