१५ चैत्र २०८२, आइतबार

दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरणको कसुर मुद्दामा अनुसन्धान गर्न प्रहरीले पूर्वऊर्जामन्त्री खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति पाएको हो ।

जिल्ला अदालत काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज आइतबार बिहान खड्कालाई अनुसन्धान गर्न पक्राउ गरेको थियो।

उनको बयान लिन सुरू समेत भइसकेको छ। खड्काविरूद्ध भदौ २४ गते उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान अघि बढाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !