काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेकी छन्। शाक्यले आज आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेकी हुन्।
उनका अनुसार यसअघि अर्को पनि रिट पेस भएको थियो। शनिबार बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। उनीमाथि भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान गर्न पक्राउ गरेको हो।
पक्राउ परेका ओलीको म्याद लिन प्रहरीले उनलाई भर्चुअल माध्यमबाट जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ । उनलाई १० दिन हिरासतमा सरकारी वकिलले माग गरेको छ । जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा वकिलहरूले बहस गरेका छन्।













