१३ चैत्र २०८२, शुक्रबार

प्रधानमन्त्री शाहद्वारा पदभारलगत्तै मन्त्री र सचिवहरुलाई निर्देशन


प्रधानमन्त्री शाहद्वारा पदभारलगत्तै मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गरेका प्रधानमन्त्री शाहले ब्रिफिङ लिँदै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरुले स्वागतसहित ब्रिफिङ गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !