काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ । सरकारले आधिकारिक रुपमा यो प्रतिवेदन सार्वजनिक गरेको छैन ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले झन्डै तीन साता अघि बुझाएको प्रतिवेदन सरकारले गोप्य नै राखेतपनि जनआस्था साप्ताहिकले सार्वजनिक गरेको प्रतिवेदनको पूर्ण अंश हामीले यहाँ प्रस्तुत गरेका हौं ।
आयोगले अध्ययन सकेर प्रधानमन्त्री सुशीला कार्कीलाई फागुन २४ गते ९०७ पृष्ठको दुईटा प्रतिवेदन बुझाएको थियोे । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।
जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो ।
यस्तो छ जेनजी आयोगको प्रतिवेदनको पूर्णपाठ :













