काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाहले आगामी चैत १३ गते शुक्रबारको दिन प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् । सो शपथ ग्रहणको दिन संयोगले हिन्दुहरूको महान् पर्व ‘रामनवमी’ परेको छ ।
भगवान श्रीरामको जन्मदिन रामनवमीको यो अति शुभ र पवित्र साइतमा शाहले ज्योतिषलाई हेराएर नै सुझबुझका साथ प्रधानमन्त्रीको रुपमा सपथ लिन लागेको अनुमान गर्न सकिन्छ ।
बालेनको सपथग्रहणको साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ । बालेननिकट स्रोतका अनुसार साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालय शीतलनिवासलाई समेत जानकारी गराइसकिएको छ ।
सपथग्रहणको क्रममा १०८ जना बटुकले स्वस्ती शान्ति वाचन गर्नेछन् भने १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिनेछ । साथै ७ वटा शंखबाट ७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ । यस्तै बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबाहली गर्नेछन् ।













