विराटनगर । विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएकाे प्रहरीले जनाएको छ ।
क्याफेकाे भान्साबाट सुरु भएकाे आगलागी सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणका लागि धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीले जनाएअनुसार आगलागीको कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार आगलागीकाे कारण र क्षतिकाे विवरण संकलन भइरहेकाे छ ।












