१० चैत्र २०८२, मंगलबार

लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ


पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो ।

सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट सिरहाको गोलबजार नगरपालिका–४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१२ बाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेबाट दुई, बाँकेका दुई, रूकुम पूर्वको, भूमे गाउँपालिका–२ बाट दुई जनालाई पक्राउ गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !