काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई चुनावी परिणामसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । आज आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत पनि सो कार्यक्रममा पुगेका थिए । यस्तै गृहमन्त्री ओमप्रकाश अर्याल तथा कानुन अनिल कुमार सिन्हा पनि प्रतिवेदन ग्रहण कार्यक्रममा सरिक थिए ।
फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम आयोगले चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएसँगै सरकार गठनको बाटो खुलेको छ ।प्रतिनिधिसभाका २७५ सदस्य सांसदको शपथ यही चैत १२ गतेका लागि तोकिएको छ भने १३ गते रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने तयारी गरिएको छ ।













