८ चैत्र २०८२, आइतबार

पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ विरुद्ध भ्रष्टाचार मुद्दा : ४६ करोड बिगो दाबी


केदारबहादुर अधिकारी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर भएको हो ।

अख्तियारले अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । मुद्दा दायर भएकाहरुमा अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राजन पोख्रेल र प्रदीप अधिकारीसहित २१ जना छन्।

उनीहरुसँग ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले मुद्दा चलाएको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !