काठमाडौँ । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले हिजो बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन ।
केन्द्रीय कार्यसमिति बैठक ६ चैतमा बोलाउने मिति तय भएलगत्तै सभापति थापाले उपसभापति शर्मालाई राजीनामा बुझाएका हुन् । त्यसबारे कार्यसमिति बैठकले निर्णय लिनेछ ।
यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यो निर्वाचनमा सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरे ।













