१९ चैत्र २०८२, बिहिबार

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान


एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं । एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ ।

बैंकका अनुसार यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन् । एनएमबि बैंकले नयाँ डिजिटल माध्यममार्फत सेवालाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो ।

यस उपलब्धिले एनएमबि बैंकको डिजिटल प्रवर्धन र ग्राहक केन्द्रित सेवालाई प्रतिबिम्बित गर्ने बैंकको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !