२९ फाल्गुन २०८२, शुक्रबार

ओलीप्रति बालेनद्वारा समवेदना प्रकट : पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ


केपी ओली र बालेन साह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीको रुपमा रास्वपाले अघि साकिएका बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली आज शुक्रबार बिहानदेखि पितृशोकमा परेका छन् ।

आज राती सामाजिक संजालमा लेख्दै बालेनले ओलीलाई समवेदना प्रकट गरेका हुन् । केही समयअघिमात्रै आफूले पिता गुमाएको स्मरण गर्दै उनले पिताको अनुपस्थितिबाट जिन्दगीमा कतिसम्म रित्तोपन ल्याउँछ भन्ने आफूले महसुस गरेको बताए ।

ओलीलाई समवेदना प्रकट गर्दै बालेनले भनेका छन्, ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन ।’ ‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ—पिताको अनुपस्थितिले जिन्दगीमा कस्तो अपूरणीय अभाव ल्याउँछ,’ बालेनले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !