२९ फाल्गुन २०८२, शुक्रबार

एमाले अध्यक्ष ओलीका बुबा मोहनप्रसादको निधन, आजै पशुपतिमा दाहसंस्कार गरिने


मोहनप्रसाद ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।

ओलीका पिता मोहनप्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो । केही समय यता अस्वस्थ मोहनप्रसाद उपचाररत थिए ।

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !