२५ फाल्गुन २०८२, सोमबार

बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण


बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा-५ बाट निर्वाचित शाहले आज आफ्नो चुनावी खर्च बुझाएका हुन् ।

बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । शाहले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ भएको उल्लेख गरेका छन् ।

उनले दुई वटा सवारी साधन भाडा १५ दिनको दरले २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ ।

पाँच पटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रम खाजा खर्च २८ हजार ९७० खर्च भएको विवरणमा उल्लेख छ ।

यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार रुपैयाँ र स्टेसनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण छ ।

यसैगरी झण्डा र ब्याचसहितको प्रचार प्रसार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको विवरण छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !