भक्तपुर । भक्तपुर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रन्जित प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । रन्जितले ३३ हजार ४३६ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेर दोस्रो स्थानमा रहे । यस्तै नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत ल्याए ।
भक्तपुर-१ मा नेपाल मजदुर किसान पार्टीको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रन्जित विजयी भएका हुन् ।













