२२ फाल्गुन २०८२, शुक्रबार

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी


मोहन आचार्य

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् । आचार्यले १० हजार ६सय ५६मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनले मतगणनाको सुरुदेखि अग्रता कायम गरेका थिए । उनको यो तेस्रो जित हो । उनी रसुवा जिल्लाबाट २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !