२२ फाल्गुन २०८२, शुक्रबार

कांग्रेसको अर्को जित, मनाङमा टेकबहादुर गुरुङ विजयी


टेकबहादुर गुरुङ

काठमाडौँ । मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् । आज शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए ।

गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी) ले ४५४ मत पाइन् । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । यो कांग्रेसको दोस्रो जित हो । कांग्रेसले मुस्ताङमा पनि जितेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !