काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी २४ हजार ५९२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ र नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत पाएका छन् ।













