१ चैत्र २०८२, आइतबार

राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग


नारायणकाजी श्रेष्ठ फाइल फोटो

काठमाडौँ । राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गर्नुभएको संसद्का प्रवक्ता एकराम गिरिले राससलाई बताए ।

नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन् । उनीहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !