१४ फाल्गुन २०८२, बिहिबार

जेनजी आन्दोलनमा राजीनामा दिएर हेलिकप्टरमा भागेका ओली पहिलोपटक पुगे बालुवाटार


जेनजी आन्दोलनमा राजीनामा दिएर हेलिकप्टरमा भागेका ओली पहिलोपटक पुगे बालुवाटार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगेका छन् । गत भदौं २४ गते जेनजी आन्दोलनले उग्र रुप लिएपछि तत्कालिन प्रधानमन्त्री ओली बालुवाटारबाटै राजीनामा दिएर हेलिकप्टरमा भागेका थिए ।

गत भदौं २३ र २४ गते भएको जेनजीहरूको आन्दोलनपछि पदबाट अपदस्त भएका तत्कालिन प्रधानमन्त्री ओली लगभग साढे तीन महिनापछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

छलफलमा सहभागी हुन अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका छन् । अहिले उनीहरूबीच छलफल जारी रहेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि छलफलमा सहभागी रहेका उनको सचिवालयले जनाएको छ । उक्त छलफल आगामी निर्वाचनका विषय केन्द्रित रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज तुल्याउँदै आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न सरकारले दलहरुसँग निरन्तर वार्ता र संवाद अघि बढाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु