२३ फाल्गुन २०८२, शनिबार

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक विजयी


केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक विजयी भएका छन् । ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रोपटक एमालेको अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !