१ चैत्र २०८२, आइतबार

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनील थापाले दिए राजीनामा


सुनिल बहादुर थापा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । थापाले आज राजीनामा दिएका हुन् ।

आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेको जानकारी राष्ट्रपति पौडेललाई गराउँदै उनले राजीनामा दिएका हुन् । थापा २०७८ सालमा भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

थापा २०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसबाट धनकुटामा उम्मेदवार बनेका थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए । २०७९ फागुनमा पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनको सल्लाहकार बनेका थापा राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न राजीनामा दिएका हुन् ।

गएको मंसिर १२ गते नै दिएको राजीनामा त्यसै दिन स्वीकृत भएको थापाले जानकारी दिए । उनले तत्काल राजीनामा दिनुको कारण भने राष्ट्रियसभामा जाने आकांक्षा हो । दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा समेत रहेका सुनील राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्याग गरी समूहसहित कांग्रेसमा प्रवेश गरेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !