२९ फाल्गुन २०८२, शुक्रबार

जनार्दन शर्मालाई गृहजिल्लैमा देखाइयो कालो झण्डा


जनार्दन शर्मालाई गृहजिल्लैमा देखाइयो कालो झण्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा ‘प्रभाकर’ लाई कालो झण्डा देखाइएको छ ।

स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । आइतबार पार्टीको कामका लागि गृहजिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा देखाएर कार्यकर्ताले विरोध जनाएका हुन् ।

शर्मा आज जिल्लास्थित पार्टी कार्यालय उद्घाटन र भोलि हुने युवाहरूको कार्यक्रममा सहभागी हुन आएका थिए । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने उनीनिकटका कार्यकर्ताले विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !