९ चैत्र २०८२, सोमबार

प्रहरीलाई गोली हान्ने आदेश दिने काठमाडौंका सीडीओले वेबसाइटबाट हटाए तस्वीर


काठमाडौं । प्रहरीलाई गोली हान्ने आदेश दिने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटबाट आफ्नो तस्वीर हटाएका छन् ।

जेनजी युवाहरूको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाउन लगाएका हुन् । काठमाडौंमा भएको जेनजी युवाहरूको प्रदर्शनमा दमन गरेको भन्दै सीडीओ रिजालको सामाजिक सञ्जालमा तीव्र आलोचना जारी छ ।

प्रशासनले कर्फ्यू जारी गरेपनि आक्रोशित प्रदर्शनकारीले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् । कर्फ्यू तोडेको भन्दै प्रहरीले प्रदर्शनकारीमाथि लगातार गोली प्रहार गरिरहेको छ ।

छवि रिजाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !