११ चैत्र २०८२, बुधबार

सिरहा कारागारमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते


सिरहा कारागारमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते

काठमाडौं । सिरहा कारागारमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका छन् । सिरहास्थित कारागारमा आइतबार दिउँसो साढे ३ बजेतिर कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएको सिरहा प्रहरीले जनाएको छ ।

उनीहरूको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सिरहाका प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !