३ चैत्र २०८२, मंगलबार

एकीकृत समाजवादीले सोध्यो रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण


रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेतृ रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको छ । एकीकृत समाजवादीको अनुशासन आयोगले नेतृ झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको हो ।

पार्टी अध्यक्ष माधव कुमार नेपालको पतञ्जली योग पीठको जग्गा प्रकरणमा दिएको अभिव्यक्तिलाई लिएर झाँक्रीलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो । गत शनिबार झाँक्रीले नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् ।

पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने झाँक्रीको माग थियो । सोही क्रममा उनले ‘सिनो बोकेर’ अगाडि बढ्न नसकिने समेत बताएकी थिइन् ।

उनले अध्यक्ष नेपालको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याएकी थिईन् । सो अवधिमा आफूले बोलेको कुराको आशय प्रष्ट पार्न झाँक्रीलाई भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !