१६ चैत्र २०८२, सोमबार

पोखरामा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप हुँदा एक दर्जन घाइते


पोखरामा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप हुँदा एक दर्जन घाइते

पोखरा । कास्की जिल्लाको पर्यटकीय नगरी पोखरामा महानगर प्रहरी र कोटिहोम आयोजकबीच झडप भएको छ । आज फागुन २३ गते शुक्रबार बिहान बाराहीघाटमा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप हुँदा एक दर्जन मानिस घाइते भएको हुन् ।

नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा आज मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । शुक्रबार महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको हो ।

पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो । सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् । आज मानव सेवा फाउन्डेसनले गर्ने भनिएको कोटिहोमका निम्ति भूमि पूजन कार्यक्रमलाई रोक्न पुगेको महानगर प्रहरी र आयोजक व्यक्तिहरूबीच धकेलाधकेल भएको थियो ।

पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । बाराहीघाटमा बाक्लो संख्यामा नगर प्रहरी र प्रहरीहरू तैनाथ गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यविरुद्ध स्थानीयले नाराबाजी गरेका छन् ।

फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् । महानगरले भने अनुमतिबिना कोटिहोम गर्न लागिएको हुँदा रोक्न खोजिएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !