काठमाडौं । काठमाडौँको धुम्बाराहीमा इभी बसमा आगलागी भएको छ । चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बिहीबार बिहान आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।
बसमा चार्ज गर्ने क्रममा प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगलागी भएको हो । आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।













