१८ चैत्र २०८२, बुधबार

महन्थ ठाकुर समूह नयाँ पार्टीको नामबारे छलफलमा


महन्थ ठाकुर

काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव समूहलाई जनता समाजवादी पार्टीको वैधानिकता दिएपछि महन्थ ठाकुर समूह नयाँ पार्टीको नामबारे छलफलमा जुटेको छ ।

आयोगले ठाकुर समूहलाई अवैधानिक ठहर गरेसंगै यादव समूह वैधानिक रुपमा जसपा बनेको हो। सरकारले पार्टी फुटाउने अध्यादेश ल्याएसंगै ठाकुर समूहले नयाँ दल दर्ताको लागि तयारीमा छ।

महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिए पनि निर्वाचन आयोगले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि दल दर्ताका लागि पुनः निवेदन दिँदा के नाम राख्ने भनेर छलफल सुरु भएको एक नेताले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !