१ चैत्र २०८२, आइतबार

प्रचण्डलाई ओलीको प्रश्न : अदालतको सूचना कहाँवाट थाहा पाउनुभयो ?


प्रधानमन्त्री केपी ओली

केपी शर्मा ओलीले बालुवाटार छाड्नुभन्दा अगाडी देशवासीका नाममा विशेष सम्बोधन गरेका छन्। ओलीले बालुवाटार छाड्नुभन्दा अगाडी २ बजेदेखि सम्बोधन सुरु भएको छ।

उक्त सम्बोधनमा बोल्दै ओलीले आफू सरकारबाट बाहिरिन पर्दा कुनै दु:ख लागेको बताएका छन्। ओलीले आफू यस अगाडी पनि यस्तै वर्षाको समयमा सरकारबाट बाहिरिएको बताएका छन्।

उनले आफू सरकारमा हुँदा नेपाली जनताल धेरै खुशी भएको बताएका छन्। उनले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको दावी गरेका छन्। ओलीले नेपाली जनता आफ्नो पक्षमा भए पनि अदालत शेरबहादुर देउवाको पक्षमा उभिएको आरोप लगाएका छन्।

“केहि व्यक्तिले अदालतको आदेशभन्दा अगाडी सूचना थाहा पाएर खुलासा गरेका थिए। त्यो सूचना कहाँवाट कसरी पाउनुभयो ? कसले दियो त्यो गोप्य सूचना ?”, उनले भने, “मैले ल्याएको कोरोना खोप भोलीदेखि शेरबहादुर देउवाले फोटो खिचेर मैले खोप ल्याए भन्न थाल्नुहुन्छ। मलाई थाहा छ। मैले गरेको काम पनि सबै देउवाले आफैले गरेको भन्नुहुन्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !