१८ चैत्र २०८२, बुधबार

ओलीविरुद्ध खनिए डा. बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेभित्रको अन्तर्संघर्षमा सधैं वैचारिक-राजनीतिक पक्षभन्दा सांगठनिक-व्यवहारिक पक्ष हावी रहदै आएकोमा अहिले अलिकति जुनकिरीको उज्यालो देखिएको बताएका छन्।

डा. भट्टराईले ओलीप्रवृत्ति विरूद्धको संघर्ष एउटा पार्टीको आन्तरिक मामिला भन्दापनि राष्ट्रियता,लोकतन्त्र,समाजवाद,संघीयता,सुशासन पक्षधर सबैको साझा भएको बताएका छन्।

उनले लेखेका छन्, “एमालेभित्रको अन्तर्संघर्षमा सधैं वैचारिक-राजनीतिक पक्षभन्दा सांगठनिक-व्यवहारिक पक्ष हावी रहदै आएकोमा अहिले अलिकति जुनकिरीको उज्यालो देखिदैछ। ओलीप्रवृत्ति विरूद्धको संघर्ष एउटा पार्टीको आन्तरिक मामिला भन्दापनि राष्ट्रियता,लोकतन्त्र,समाजवाद,संघीयता,सुशासन पक्षधर सबैको साझा हो है!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !