धरान–गृहमन्त्री शक्ति बस्नेतले संविधान कार्यान्वयनको लागि सहमतीय सरकार आवश्यक रहेको बताएका छन्। आइतबारदेखि धरानमा शुरु दुई दिने स्थानीय प्रशासकहरुको क्षेत्री गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले संविधान निर्माण गर्दा एक ठाउँमा उभिएका प्रमुख राजनैतिक दलहरु मिलेर मात्रै संविधान कार्यान्वयन हुनसक्ने बताए।