१ जेठ, जनकपुरधाम । मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्दैछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजा–आजा गर्ने चलन छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको