काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद उमरावतीदेवी यादवले विद्यमान संसदीय शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त रहेको बताएकी छन् । ‘सांसदसँग रासस संवाद’का क्रममा उहाँले अहिलेको संसदीय अभ्यास क्रमशः परिपक्व दिशातर्फ उन्मुख भइरहेको प्रतिक्रिया दिइन् ।