काठमाडौँ । ललितकला क्षेत्रका कलाकारको एक समूह आज काठमाडौँको टोखास्थित पर्यटकीय क्षेत्र भ्यू-थलीबाट देखिने उपत्यकाका दृश्यलाई क्यान्भास र आर्ट पेपरमा सजाउन पुगे । रंगैरङको पर्व होली अर्थात् फागूका अवसरमा उनीहरुले त्यहाँबाट दृश्यपान गर्न सकिने प्रकृतिका उपहारलाई जलरङले क्यान्भास भरे ।