काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि शनिवार १ बजे बस्नेगरी सरेको हो ।